माधव र प्रचण्ड भेडाको खोल ओढ्ने ब्वाँसा : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्वाँसा’को संज्ञा दिएका छन् । सामाजिक सन्जालमार्फत आज अमेरिकी विकास सहयोग एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिकालाई लिएर उनले यस्तो बताए।
एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरुले दोहोरो भूमिका खेलेको आरोप लगाए । उनले भने, ‘कुनैपनि राजनीतिक र सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंचरनिष्ठाको धर्म निर्वाह गर्छन्, ’आफ्नो निजी र दलीय/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् । भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं ?’

प्रतिक्रिया