सभामुखलाई बचाउन र माधवको कारबाही विफल बनाउन एमसीसीको पक्षमा उभिएँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख हटाउने प्रयासलाई विफल बनाउन एमसीसीको पक्षमा उभिएको बताएका छन् । उनले माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताए ।
प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरे । प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भए ।’
गठबन्धन पनि जोगिने र एमसीसी पनि समाधान हुनेगरी व्याख्यात्मकटिप्पणीको निर्णय भएको र यसलाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा लगिने उनले बताए । बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणी पढेर सुनाए । उनले पार्टीको निर्णय विपरित नजान आग्रह गरे । उनले एमसीसीको पक्षामा मतदान गर्न निर्देशन दिए ।

प्रतिक्रिया