प्रधानमन्त्री देउवा राष्ट्रिय गद्दार भनेर इतिहासमा अंकित : भीम रावल

नेपालखोज २०७८ फागुन १५ गते १५:४०

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय गद्दार भनेर इतिहासमा अंकित भएको बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताए ।

रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे । उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । उनले भने, ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ ।’

उनले एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि दमन भएको भन्दै सरकारको आलोचनासमेत गरे । व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै भएको उनले दाबी गरे ।

प्रतिक्रिया