आइतबार, जेठ ५, २०८२

सामसङको नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर नेपाली बजारमा

नेपालखोज २०७८ फागुन १५ गते १६:११

काठमाडौं । नेपालको सबैभन्दा विश्वसनीय कन्ज्युमर इलेक्ट्रोनिक्स एवं नम्बर १रेफ्रिजेरेटर ब्राण्ड सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरूलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा ल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको छ । यो स्टाइलिस स्टेनलेस स्टील फिनिश भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सर सहित ५७९ लिटरमा उपलब्ध छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्वीन कूलिङ्ग प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरूलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरू फैलिनबाट रोक्न र खाद्य सामग्रीहरूको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ । पावर कूल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकोले तपाईंलाई आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न पर्दैन । धेरै फलफुल र सागसब्जीहरू राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूलो क्रिस्परहरू र २ लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरू राखिएका छन् । २ वटा शेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या हुँदैन । यी नयाँ रेफ्रिजेरेटरहरूमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशतसम्म विद्युत खपत कम गर्छ ।

५७९ लिटर को फ्रेन्च डोर रेफ्रिजेरेटरको नेपाली बजार मुल्य २ लाख ९९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले छ।फ्रेन्च डोर रेफ्रिजेरेटरहरू सामसङ प्लाजा वेवसाइट साथसाथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जाल मार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरूमा उपलब्ध रहेको छ ।यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ र ५० प्रतिशतसम्म विद्युत खपत कम गर्ने डिजिटल इन्भर्टर छ । कम्पनीका अनुसार यस रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरू र चिह्नहरू हटाउन दिन दिनै सफा गरिरहन पर्ने छैन ।

यी रेफ्रिजेरेटरहरू छाप प्रतिरोधक फिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरूलाई फोहर दागहरूबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बा रहित बनाउँछ । सामसङ डिजिटल इन्भर्टर कम्प्रेसर धेरै समयसम्म टिक्ने पनि कम्पनीको दाबी छ । साथै यसले ५० प्रतिशतसम्म विद्युत खपत बचाउँछ । उच्च गुणवत्ताको कम्पोनेन्टहरू भएको इन्भर्टर प्रविधि २१ वर्षसम्म चल्ने क्षमता भएको प्रमाणित भएको र यो १० वर्षको वारेन्टीका साथ उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया