एमसीसी पास गर्न कुनैपनि राजनीतिक दल र माननीयहरु नलागौं : मेटमणि चौधरी

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा आज एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले एसमीसी अनुमोदन गरे नेपालको असंलग्न परराष्ट्र नीति कायम नरहने दावी गरेका छन् ।
एमसीसी अनुमोदन गर्नु संविधान विपरित रहेको समेत चौधरीको भनाइ छ । उनले भने, ‘एमसीसीलाई संसदबाट पास गर्ने हो भने नेपालको संविधान विपरित हुन्छ । यदि यो सहायता वैदेशिक अुदान हो भने संसदबाट अनुमोदनको विषय होइन ।’
चौधरीले परियोजना प्राप्तिका आधारहरुमा नेपाल फेल हुँदा पनि एमसीसी जवरजस्ती दिइएको दावी गरे । उनले भारतमा सिक्किम विलय भएको घट्ना स्मरण गर्दै त्यसबेला पनि सिक्किमका प्रमुख राजनीतिक दलहरुले यस्तै बाटो प्रयोग गरेको बताए । उनले भने, ‘नेपालमा पनि यही रणनीतिको माध्यमबाट अमेरिका प्रवेश गराउने र त्यसपछि कुनै न कुनै अमेरिकी सैन्य रणनीतिबाट हामी अलग हुन सक्दैनौ ।’
उनले नेपाल असंलग्न राष्ट्र नीति मान्ने देश भएको भन्दै एमसीसी अनुमोदनपछि असंलग्न र पञ्चशीलको नीतिमा रहन सक्छौ भन्दै प्रश्न गरे । उनले भने, ‘के एमसीसी परियोजना पास गरेपछि हामी असंलग्न राष्ट्रका जनता हुन सक्छौ रु के पञ्चशीलको आधारमा सवै देशमा समान सम्बन्ध हुन सक्छ रु विल्कुल हुन सक्दैन् । त्यसैले यो परियोजना पास गर्ने कुरामा कुनैपनि राजनीतिक दल र माननीयहरु नलागौँ ।’

प्रतिक्रिया