एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुखले अर्को बैठक साढे ६ बजे बोलाए
नेपालखोज
२०७८ फागुन १५ गते १८:१३

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक आज नै बस्ने भएको छ । आधा घण्टापछि बोलाइएको हो ।
एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका छन् । बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि पेस गरेको प्रस्तावमा सांसदहरूले धारणा राखेका थिए । सदनमा उठेका विषयमा अर्थमन्त्री शर्माले जवाफ फर्काए । आज पनि नेकपा एमालेका सांसदले सदन अवरोध जारी राखे । एमालेको अवरोधबीच एमसीसी छलफल गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया