आइतबार, जेठ ६, २०८१

पललाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिने

नेपालखोज २०७८ फागुन १५ गते १९:४०

काठमाडौं । नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि तनहुँ जिल्ला अदालतले शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आज आत्मसमर्पण गरेका नायक शाहमाथि ७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म न्यायिक हिरासतमै राख्न सकिन्छ ।

प्रतिक्रिया