आइतबार, जेठ ६, २०८१

राशिअनुसार शिव मन्त्रको जप

नेपालखोज २०७८ फागुन १६ गते ९:२३

महाशिवरात्रिका दिन भगवान् शिव तथा माता पार्वतीको विवाह भएको थियो । महाशिवरात्रिका दिन नै भोलेनाथ दिव्य ज्योतिर्लिंगका रूपमा प्रकट भएका थिए । शास्त्रमा ज्योतिर्लिंगलाई शिवजीको ऊर्जाको प्रतीक मानिएको छ । महाशिवरात्रिका दिन रुद्राभिषेकको पनि महत्त्व छ । यो दिन राशिअनुसार शिवमन्त्र जप गर्नाले सुख-समृद्धि, सन्तान तथा मनोवान्छित फल प्राप्ति हुन्छ । यसबाट ग्रह दोष तथा रोगबाट पनि मुक्ति मिल्छ । मन्त्र जप गर्दा मन एकाग्र र शान्त हुनु आवश्यक हुन्छ । हेरौं राशि अनुसार महाशिवरात्रिमा जप गर्ने मन्त्र :

मेष राशि
मेष राशि हुनेहरुले महाशिवरात्रिका दिन ”ह्रीं ओम नमः शिवाय ह्रीं” मन्त्र जप गर्न सक्छन् । यो मन्त्रको जपले बाधाहरु टाढा भाग्छन भन्ने मान्यता छ ।

वृष राशि
वृष राशिका स्वामिहरुले ”ओम नागेश्वराय नमः” मन्त्र जप गर्नुपर्छ ।

मिथुन राशि
यो राशिहुनेहरुले महाशिवरात्रिका दिन ”ओम नमः शिवाय महाकाल कालम कृपालं नमः” मन्त्र जप गर्नु उत्तम हुन्छ ।

कर्कट राशि
महाशिवरात्रिका दिन शिवजीको पूजा पछि ”ओम हौ जूँ सः” मन्त्र जप गर्नुपर्छ ।

सिंह राशि
सिंह राशि हुनेहरुले महाशिवरात्रिको मन्त्र ”ह्रीं ओम नमः शिवाय ह्रीं” १०८ पटक जप गरे भौतिक सुखका साधन बृद्धि हुने बिस्वास गरिन्छ ।

कन्या राशि
महाशिवरात्रिमा कन्या राशि हुनेहरुले ”ओम नमो भगवते रूद्राय” मन्त्र जप गर्नुपर्छ । यो मन्त्रले आत्मविश्वास बढाउँछ भने धन लाभ पनि हुन्छ ।

तुला राशि
महाशिवरात्रिमा ”ओम नमः शिवाय” को जप गर्नुहोस् । यो मन्त्रले कार्यक्षेत्रमा सृजना हुने समस्याहरु समाधान हुनेछन् ।

वृश्चिक राशि
यो राशि हुनेहरुले ”ह्रीं ओम नमः शिवाय ह्रीं” मन्त्र जप गर्नुपर्छ । महाशिवरात्रिका दिन यो मन्त्र जपले घरमा सुख – समृद्धि आउँछ ।

धन राशि
धन राशि हुनेहरुले महाशिवरात्रिका दिन ”ओम नमो शिवाय गुरु देवाय नमः” को जप गर्नु उत्तम हुन्छ ।

मकर राशि
महाशिवरात्रिका दिन ”ओम हौं जूम सह” मन्त्र जप गरे शिवजीको कृपा प्राप्त भै हर समस्या सँग जुध्न सक्षम भइनेछ ।

कुम्भ राशि
कुम्भ राशिका स्वामी शनिदेव हुन । त्यसैले यो राशि हुनेहरुले ”ओम नमः शिवाय” मन्त्र जप गर्नुपर्ने बताइएको छ । यसबाट पुरा वर्ष नै स्वास्थ अनुकुल रहनेछ ।

मीन राशि
मीन राशि हुनेहरुले ”ओम नमो शिवाय गुरु देवाय नमः” मन्त्र जप गर्नु उत्तम हुन्छ । यो मन्त्र कम से कम १०८ पटक जप गर्नुपर्छ ।

प्रतिक्रिया