बिहीबार, जेठ ३, २०८१

मुस्लिम विवाह !

नेपालखोज २०७८ चैत १९ गते ५:०१

१. सम्झौता– सम्झौताको रूपमा मुस्लिम विवाह दुवै पक्षको स्वतन्त्र सहमतिमा भइरहेको अवस्थामा मात्र मान्य हुन्छ । यदि पति र पत्नीमध्ये एकको उमेर १५ वर्षभन्दा कम छ भने, विवाहको लागि अभिभावक (वाली) को अनुमति आवश्यक हुन्छ ।
२. पार्टीहरू– मुस्लिम विवाहमा चार पक्षहरू हुनु आवश्यक छ– (१) दुलहा, (२) दुलही, (३) काजी र (४) दुई पुरुष साक्षी । मुस्लिमहरूमा विवाहलाई निकाह भनिन्छ । काजी र साक्षीबिना कुनै पनि विवाह वैध मानिने छैन ।
३. मेहर– मुस्लिम विवाहको मुख्य विशेषताहरू मध्ये एक ’मेहर’ को प्रचलन हो । मेहर भन्नाले पतिले पत्नीलाई विवाहको समयमा दिने वा भविष्यमा दिने वाचा गरेको रकमलाई बुझाउँछ । हाल मेहरको यो दोस्रो रूप मुस्लिमहरूमा बढी प्रचलित छ ।
४. विवाह निषेध– एक मुस्लिम पुरुषलाई मूर्तिपूजक महिला बाहेक कुनै पनि धर्मको महिलासँग विवाह गर्ने अधिकार छ, तर मुस्लिम महिलाले मुस्लिम पुरुषसँग मात्र विवाह गर्न सक्छ ।

प्रतिक्रिया