आइतबार, जेठ ६, २०८१

राशिअनुसार शिव पूजा

नेपालखोज २०७८ फागुन १६ गते ११:११

महाशिवरात्रिमा पूजा, व्रत, साधना, मन्त्रजप तथा रात्रि जागरणक‍ो विशेष महत्त्व छ । राशिअनुसार शिवजीको पूजाअर्चना गर्नाले विशेष फल प्राप्त हुन्छ । यसबाट ग्रहदशा आदिको पीडा निवारण हुन्छ । पाप ग्रहहरुलाई अनुकूल बनाउन तथा कमजोर ग्रहहरुलाई बलवान् बनाउन राशिअनुसार पूजा गरेर शिवजीलाई प्रसन्न तुल्याउन सकिन्छ । यसबाट भक्तजनको मनोकामना पूर्ण हुन्छ भने विपरीत ग्रहले पनि शुभ हुँदै राम्रो फल दिन थाल्छन् ।

मेष : यो राशि हुनेहरुले महाशिवरात्रिको पूजाका क्रममा शिवजीलाई रातो चन्दन लगाइदिएर रातो रंगको फूल अर्पित गर्नुपर्छ ।

वृष : वृष राशिका स्वामीहरुले पूजामा भगवान् शिवलाई चमेलीको फूल चढाउनुपर्छ । यसका साथ शिव रुद्राष्टक पाठ गर्नु शुभ हुन्छ ।

मिथुन : भगवान् शिवलाई तीन बेलपत्र, धतुरो तथा भाङ अर्पित गर्दै पूजा गर्नुपर्छ ।

कर्कट : शिवलिंगको अभिषेक भाङ मिश्रित दूध, चामल तथा चन्दनले गर्नुपर्छ । रुद्रष्टाध्यायीको पाठले कष्ट हरण गर्छ ।

सिंह : रातो रंगको फूल चढाउनुपर्छ । घिउको दियो बालेर शिव चालीसा पाठ गरे विशेष लाभ हुन्छ ।

कन्या : कन्या राशि हुनेहरुले बेलपत्र, धतुरो, भाङ आदि सामग्री शिवलिंगमा अर्पित गर्नुपर्छ । ओम नम शिवाय क‍ो जपले मनोकामना पूर्ण गर्न मदत मिल्छ ।

तुला : तुला राशिका स्वामिहरुले मिश्री युक्त दूधले शिवलिंगको अभिषेक गरि शिव सहस्त्रनाम जप गर्नुपर्छ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुले भोलेनाथको पूजामा गुलाफको फूल तथा बेलपत्रको जरा प्रयोग गर्नुपर्छ । रुद्राष्टकको पाठले सौभाग्यशाली परिणाम प्राप्त हुन्छ ।

धन : शिवजीको पूजामा पहेँला रंगका फूल प्रयोग गर्नुहोस् । प्रसादका रूपमा खीरको भोग लगाउनुहोस् ।

मकर : धतुरो, भाङ, अष्टगन्धा आदिले भगवान् शिवको पूजा गर्नुपर्छ ।

कुम्भ : कुम्भ राशि हुनेहरुले उखुको रसले शिवलिंगको अभिषेक गर्नुपर्छ । धन लाभका लागि शिवाष्टक को पाठ गर्न सकिन्छ ।

मीन : शिवलिंगमा पञ्चामृत, दही, दूध एवं पहेलो रंगको फूल अर्पित गर्नुहोस् । चन्दनको माला लिएर १०८ पटक ओम नम: शिवाय मन्त्र जप गर्दा लाभ मिल्छ ।

प्रतिक्रिया