आइतबार, वैशाख २८, २०८२

उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

नेपालखोज २०७८ फागुन १६ गते ८:१९

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

एपीएफले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो । सुदुरपश्चिमले ४ खेलमा ३ जितसंहि ६ अंक जोड्यो । र, दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । गत वर्ष पनि फाइनलमा एपीएफ र सुदुरपश्चिम भिडेका थिए । त्यस फाइनलमा सुदुरलाई ८ विकेटले हराएर एपीएफले उपाधि जितेको थियो ।

प्रतिक्रिया