‘यिनको रोइलो अब के काम ?’

नेपालखोज २०७८ फागुन १६ गते १२:४३

अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।
नारायणकाजी श्रेष्ठ

प्रतिक्रियाहरू :
तोरी कुरा नगरौं कम्रेड ! आँट भए तपाईंको सुप्रिमो प्रचण्डलाई अध्यक्ष र पार्टीबाट बर्खास्त गर्नुस् ! नभए नुन खाएको कुखुरो जस्तो भएर आफू निस्केर जानुस् र पहेलो बर्को ओडेर कमुण्डल बोक्नुस् !!
नवराज सिंह महरा

एमसीसी लागु भएका मुलुकहरूमा सामान्य केही कुरा बाहेक शर्तहरू सबै देशका लागि उही हुन्। नेपालका लागि अलग्गै स्पेसल शर्त हुने कुरै छैन। तसर्थ एमसीसीका निम्ती नेपालको एकतर्फी व्याख्यात्मक टिप्पणी अर्थहीन छ। यस्तो सशर्त सम्झौताको अनुमोदन उसले मान्ने कुरा हुँदैन।अर्को अर्थमा संसदले सम्झौताका शर्तहरू अस्विकृत गरेको व्याख्या हुन जान्छ। नेपालले सिधै सम्झौता अस्विकृत गरेको नभएर अब अमेरिकाले नै रद्द गर भन्ने संदेश जाने देखिन्छ। त्यसो भए के हुन्छ त ? अब निशर्त अनुमोदन नगरिएकोमा अमेरिकाले नै सहयोग फिर्ता गर्छ! नेपालका लागि भनेर उसले आफ्ना सम्झौताका विश्वस्तरीय जेनेरिक शर्तहरू फेर्छ भन्ने कल्पना कसैले गरेको छ भने मूर्ख बनेको हो। उसले शर्त फेर्दैन, नेपालको संसदले कतिपय शर्तहरू मान्यछैन भनेर आज पारित गर्दै भनिदिएको छ।
केदारकुमार ओझा

नाटक धेरै भयो, अध्यक्ष एमसीसीको पक्षमा व्याख्यात्मक नाटक मञ्चन गर्ने उपाध्यक्ष एमसीसी विरुद्ध सडक आन्दोलन गर्ने बुझ्नै गाह्रो ।
घनश्याम श्रेष्ठ

काजी तिम्रो कारणले आज हामी ले दुख पाको हो। तिम्रै कारणले यो पार्टी टुक्राटुक्रा भयो ।अब तिमी बस्ने भए बस नत्र यो पार्टी छोड।
मदन चुँडाल

यो बेकारको सरकार र सत्ताका लागि मावोबादीले नेपाली जनतालाई ठूलो धोका दियो, आउने चुनावमा कुन थुतुनो बोकेर भोट माग्न आउने होला?
कौडिल्य भीम

प्रचण्डको जय होस् भन्नु नै इमान्दारिता होला कि हजुर कति धुरत्यैपूर्ण कुरो गर्ने ? प्रचण्डको आशिर्बाद लिएर उनको कार्यकर्ता भएर पनि बस्ने अनि आफ्नो नेतृत्वको कर्मको विरोध पनि गर्ने ? राजनैतिक सन्यास लिने कि प्रचण्डलाई नेता मानेर उनको दास भएर बस्ने आदरणीय नेता ज्यु ?
शेखर ढुंगेल

प्रचण्डको दोहोरो चरित्र आज प्रष्ट भयो। यस्तो नेतृत्व चाहिदैन कार्यकर्ता झुक्याउन पाइदैन !! एमसीसी चाइदैन रास्ट्रघाती नेता मुर्दाबाद ।
अशोक पोखरेल

निरन्तर निगरानी गरौं तर यसलाई बार्गेनिङ हतियार नबनाउँ ।
रामचन्द्र अधिकारी क्षेत्री

यदि तपाईंले लेखेको जस्तो राष्ट्रघाती नै हो भने आजको मितिबाट माके परित्याग गर्नुस् हैन भने नाटक बन्द गर्नुस ।
रोशन पोखरेल

जुन बाटोबाट आउनु भएको हो त्यही बाटो जानू तपाईं जस्तो माओबादीको कलङ्क अब हामीलाई चाहिएको छैन ।
अशोक खनाल

पानी माथीको ओभानो कतिन्जेल नेता जी ? यदि यो राष्ट्रघाती नै हो भने पार्टी त्याग्ने हिम्मत छ?
तेन्ज सलाम लामा

यिनको रोईलो अब के काम

ओहो कमरेडले यति लेख्नुभएछ गज्जब लाग्यो तर एमसीसी पास गर्ने पार्टीबाट राजिनामा दिनुभयोत ? नत्र पार्टी अनुशासन मान्नु पर्दैन कमरेड ! ? कमिटीमा बसेर थर्काउनुस् फेसबुकमा लेखेर मुतको न्यानो किन गर्नु !
निर्मल ज्ञवाली

सक्नेले आफू सत्ता पदमा हुदा केही गरेर देखाउनु नी सधै गनगन ! न आफूहरु काम गरेर देखाउछ न अरुलाई नै गर्न दिन्छ त्यतिकै विश्वबाट कम्युनिष्ट पलाएन भएको हैन ! यस्तै व्यहोरा भने नेपालमा पनि कम्युनिष्टको अन्त पक्का हो ।
नवराज दाहाल

खुराफाति हावा बात न​ग​रौ। देश कसैले बेच्न स​क्दैन। किन्न प​नि स​क्ने र मिल्ने कुरो होइन। आजस​म्म देश किनेको बेचेको कही छ भ​ने ब​ताइ पाउँ। मुद्दा, आवश्यकता,प​रिस्थितिअनुसार संसारमा सह​योग लिने दिने, मित्र​ हुने, टाढा हुने भइ र​ह​ने विषय​ हुन्। जापान र​ कोरिया त​ अमेरिकाकै स​ह​कार्य​ मित्र​तामा छ​न् भ​ने हाम्रो ग​ति अर्कै छ।
शंकर पाठक

खेल सकियो कमरेड। रुन बन्द गर्नुस्। कि पार्टी त्यागनुस् कि प्रचण्डलाई कारबाही गर्नुस्।
मोहन गुरुङ

तिमी काजी माओवादी बसेर ङ्यार ङ्यार गरेर प्रचण्डलाई अपठ्यारो बनाउनु भन्दा पार्टी छोडेर जाँदा हुन्छ । कहल्यै पार्टी र नेतृत्वको पक्षमा नबोल्ने सधैं विपक्षीलाई फाइदा हुनेगरी तर्क गर्ने मान्छे काम छैन ।
अनिश तामाङ

तपाईंले पार्टी छोडेको घोषणा गर्नुस् ।
वसन्त सापकोटा

गोहीको आँसुको केही तुक छैन ।
गणेश नेपाली

राप्रपामा लाग्दा हुन्छ नि ?
जित यात्री गुरुङ

फटाह कुरा गर्ने काजी ।
बिजय धामी

थुक्क ! लाज लाग्दैन ?
ढालबीर सिंह बराइली घायल

नाटक बन्द गर ।
योगेश आचार्य

यो कुरा मिटिङ्गमा गर्नु पर्दथ्यो ।
अर्जुन थापा

अब पनि प्रचण्डको को पछि लाग्ने कि विद्रोह गर्ने कमरेड ।
शान्ति पौडेल

के बेकारको कुरा यार । विद्रोह गरेर देखाउनुस् ?
दीपक श्रेष्ठ

दिउँसो तेल नखाने राती कोल चाटने जस्तो भएनर ?
समीर पाण्डे

अब उग्रराष्ट्रवाद बिक्दैन।
सबै देश संग सन्तुलित सम्बन्ध राखेर अघि बढ्दा तपाईलाई टाउको दुखाइ किन?
उग्र राष्ट्रवादको नाउँमा दाजुभाइ भिडाउने काम बन्द गर्नुस्।
शंकर लामिछाने

पानि माथिको ओभानो बन्न नखोज तिमी पनि उहीँ ड्याङका मुला हौ । यो लेखेर जनतालाई भ्रम सिर्जना गरेर रास्टबादी बन्न नखोज दाजु जनताले राम्रो सग चिनिसकेका छन ।
वीरेन्द्र बटाला

“ब्याख्यात्मक टिप्पणी’ गरेर गुहुलाई र गोबरलाई गुँदपाक बनाउन सकिन्छ । काशी हिडेको मान्छेलाई राँची पुर्याउन सकिन्छ । अर्काको एजेण्डालाई आफू अनुकुल व्याख्या गरेर फेस सेभिङ गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा; कसैले जिब्रो पड्काएकै भरमा लभ परेको ठानेर ‘मनमैथुन’मा रमाउनु ‘ब्याख्यात्मक टिप्पणी’ हो ।”
दानिस रेजा

हिम्मत भए पार्टिमा प्रचन्डलाई कारवाईको प्रस्ताव पेस गर्नुस नत्र गोरखा नफर्कनुहोस ! सामाजिक सन्जालमा नाटक नगर्नुहोस !
सन्दीप पोखरेल

तपाँइहरुको दोहोरो चरित्र राम्ररी बुझियो यसपटक, धेरै नाटक मन्चन नगर्दा हुन्छ ।
निमा शेर्पा

भिम रावल सङ घाँटी जोडनुहोस काजी दाइ समय राम्रो आएको छ । हिम्मत छ बिद्रोह को?
महेश अवस्थी

एकपटक सोचौं हाम्रो देश संगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई बिस्वास गरौं किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केहि भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।
नेत्र काफ्ले

शहिद बनाउन बल नगर काजी बा ।
सुरेश बान्तवा

आउनोस दिपावली गरौं ।
वीरेन्द्र श्रेष्ठ

बहुला काजिको सपना ।
सुजनजंग थापा

खोक्रो राष्ट्रियता को खोल ओढेर ड्याङ्रो ठटाउनभन्दा विहे गर बुढा !
अनुपम याद

ए काजी केलाई नाटक देखाउछौ बिरोध गर्नी भए माओवादी पार्टी छोडेर गर न।जनतालाई किन उल्लु बनाउछौ
गणेश वली

पार्टीको निर्णय नमाने पार्टी छाडे भैहाल्यो नि किन बार्गेनिङ फेरि ??
तीर्थ अछामी

यो बिकास निर्माणको परियोजना हो एमसिसि भनेको हतियार राईफल होइन ।
सन्तोष गिरी

प्रतिक्रिया