संसद् भवन अगाडि भेटिएको कुकरभित्र इँट्टाको टुक्रा र कागज (भिडियोसहित)

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो ।
कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए । उनले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पारे उनले भने, ‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो । अरु केही पनि थिएन । डर देखाउने नियतका साथ राखिएको हो ।’
संसद्बाट आइतबार अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए ।
प्रतिक्रिया