महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी प्रदान

नेपालखोज २०७८ फागुन १६ गते २३:५५

काठमाडौं । महालक्ष्मी विकास बैंकले पुतलीसडक तथा चावहिल शाखाको संयुक्त आयोजनामा आज गौशालास्थित नेपाल मानव धर्म सेवा समितिलाई एक सय ५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको जानकारी दिएको छ ।

महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दै नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैंकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्ेश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी गराए ।

बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको दाबी गरेको छ ।

प्रतिक्रिया