आइतबार, जेठ ६, २०८१

महाशिवरात्रिमा महामृत्युञ्जय मन्त्रको जप

नेपालखोज २०७८ फागुन १७ गते ९:५९

महाशिवरात्रि भगवान् शिवलाई प्रसन्न तुल्याउने एउटा उत्तम अवसर हो । यो दिन भगवान् शिवको मन्त्र जप गरेर पनि आफ्नो मनोकामनाहरु पूरा गर्न सकिन्छ । महाशिवरात्रिका दिन महामृत्युञ्जय मन्त्रको जप निकै फलदायी हुने विश्वास रहँदै आएको छ । यो मन्त्रक‍ो जपबाट भय, रोग तथा दोष भाग्छ भने पापसमेत पखालिन्छ भन्ने मान्यता छ । महामृत्युञ्जय मन्त्र जप गर्ने आफ्नै विधि-विधान छ ।

महामृत्युञ्जय मन्त्र दुई प्रकारका छन् । पहिल‍ो सम्पूर्ण महामृत्युञ्जय मन्त्र तथा अर्को लघु महामृत्युञ्जय मन्त्र ।

सम्पूर्ण महामृत्युञ्जय मन्त्र
ॐ हौं जूं सः ॐ भूर्भुवः स्वः ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान्मृ त्योर्मुक्षीय मामृतात् ॐ स्वः भुवः भूः ॐ सः जूं हौं ॐ ।

लघु महामृत्युञ्जय मन्त्र
ॐ जूं स माम् पालय पालय स: जूं ॐ ।

महामृत्युञ्जय मन्त्र जप विधि
-महामृत्युञ्जय मन्त्र जप गर्दा मन, वचन तथा कर्म शुद्ध हुनुपर्छ । अरुका बारेमा नराम्रो सोच्ने वा अरुलाइ हानि पुर्याउने कार्य गर्नु हुँदैन । मनलाई शान्त राख्नुपर्छ ।
-महामृत्युञ्जय मन्त्रको उच्चारण शुद्ध हुनुपर्छ । मन्त्रको उच्चारण शुद्ध नभए उचित फल प्राप्त हुँदैन ।
-यदि शुद्ध रुपमा महामृत्युञ्जय मन्त्र जप गर्न सकिँदैन भने योग्य पण्डित वा ज्योतिषाचार्यको सहयोग लिन सकिन्छ ।
-रुद्राक्षको मालाबाटै महामृत्युञ्जय मन्त्रक‍ो जप गर्नुपर्छ । मन्त्र जपका बेला शिवलिंग वा शिवजीको तस्बिर आफ्नो सामुन्ने राख्नुपर्छ ।
-सम्पूर्ण महामृत्युञ्जय मन्त्रक‍ो जप सवा लाखपटक गरिन्छ भने लघु महामृत्युञ्जय मन्त्रको जप ११ लाखपटक गरिन्छ ।
-महामृत्युञ्जय मन्त्र जप गर्दा अनुहार पूर्व दिशातर्फ फर्किएको हुनुपर्छ । यस क्रममा धुप-दीप आदि बाल्नुपर्छ ।

महामृत्युञ्जय मन्त्र जपको लाभ
महामृत्युञ्जय मन्त्रको जपबाट असाध्यै रोग, अकाल मृत्यु, शत्रु भय, राजदण्ड, ग्रह दोष, गृह कलेश, सम्पत्ति विवाद आदि बाट मुक्ति पाइन्छ ।

प्रतिक्रिया