सानिमा बैंक अब काभ्रेको पाँचखालमा
नेपालखोज
२०७८ फागुन १७ गते १:००

काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबारबाट काभ्रेको पाँचखाल, तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमकाबिच गरेका हुुन् ।
उद्घाटन समारोहमा पाँचखाल नगरपालिकाका मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनिय बैंककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् । बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटिएम संचालनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया