पत्रकार सम्मेलनमार्फत एमसीसीबारे धारणा सार्वजनिक गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी र मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।
एमसीसीमा तटस्थ बसेको भन्दै अनेक आरोप खेपिरहेका नेकपा एमालेका अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत जनताको चासो र चिन्ताको सम्बाेधन गर्ने भएका छन् । एमसीसी सदनबाट अनुमोदन हुँदा पक्ष–विपक्षमा नउभिएको एमालेको आधारिक धारणा सार्वजनिक भएको छैन् । एमालेले पनि माैन समर्थन जनाएको सत्ता पक्षले बताउँदै आएको छ ।
एमालेले कारवाही गरेका माधव नेपाललगायतका १४ सांसदलाई बखास्त गर्नुपर्ने वा सभामुखले राजीनामा दिनु पर्ने माग राख्दै संसद अवरुद्ध गराउँदै आएको एमालेले एमसीसी अनुमोदन प्रक्रियामा समेत सहभागी भएन । यता सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसी अनुमोदन जस्तो ऐतिहासिक अवसरमा भाग नलिएर एमालेले एउटा सुनौलो अवसर गुमाएको बताएको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ-आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया