प्रधानमन्त्रीले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

नेपालखोज २०७८ फागुन १८ गते ८:०७

काठमाडौं । प्रतिनिध सभा बैठक आज बस्दैछ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया