‘बी’ डिभिजन लिग- युथ क्लबलाई हराउँदै भगवती विजयी

काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले भगवती क्लबले पराजित गरेको हो ।
भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक-एक गोल गरे । यता झम्सिखेलका लागि भने मनकुमार राईले एक गोल फर्काए । खेलको २४औं मिनेटमा अनिलले गोल गर्दै भगवतीलाई पहिलो अग्रता दिलाए । खेलको ३८औं मिनेटमा झम्सिखेलका मनकुमारले गोल गर्दै खेलाई १–१ को बराबरीमा ल्याए ।
खेलको ५१औं मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को स्थितिमा ल्याए । खेलको ६३औं मिनेटमा मिलनले गोल गर्दै भगवतीलाई ३–१ को जित दिलाए । जितसँगै भगवतीले तीन अंक जोडेको छ । यता झम्सिखेलले भने हारबाट लिगको सुरु गरेको छ ।
लिगमा १४ क्लबले सिंगल राउन्डरोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा शीर्ष दुईभित्र पर्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । त्यस्तै अन्तिम स्थानमा रहने दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।
प्रतिक्रिया