ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा
नेपालखोज
२०७८ फागुन १८ गते १५:३७

काठमाडाैं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।
गृह मन्त्रालयले आज एक सूचना निकाल्दै बिदाबारे जानकारी दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
सरकारले ल्होसार पर्वमा यसअघि पनि बिदा दिने गरेको नजिर छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । विशेष गरेर यो पर्व शेर्पा समुदायले मनाउँदै आएका छन् ।

सम्बन्धित
प्रतिक्रिया