‘राजसंस्थाप्रति आस्था र सम्मान हुन्छ तर पुनर्स्थापना अहिलेको कार्यनीति होइन’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका छन् ।
उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाई थियो ।
उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान सदैव रहनेछ । नेपालको एकीकरणमा, प्रजातन्त्रको स्थापनामा, राष्ट्रियताको सुदृढिकरणमा र आधुनिकीकरणमा राजसंस्थाले पुर्याएको योगदानको उच्च प्रशंशा गर्दछौं । अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो मुख्य मान्यता भनेको हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुनेछ । राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान रहनेछ । तर राजसंस्था पुनस्र्थापना हाम्रो कार्यनीति अहिले हुँदैन । धर्म निरपेक्षताको खारेजी र संघीयताको परिमार्जनमा पार्टीले जोड दिनेछ ।’
त्यसका अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया