नेशनल प्याब्सनको अध्यक्षका लागि सुवास न्यौपानेको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गरेका छन् । २०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका न्यौपानले आज पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
उनले नीजि विद्यालयको हक, हित र संवद्र्धन गर्न, कम्पनी अन्तर्गतको नीजि स्वामित्वको संरक्षण गर्न, २१औँ शताब्दीको समयसापेक्ष र सीपमुलक तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
त्यस्तै उनले नीजि र सामुदायिक विद्यालयबीचको विभेदकारी नीतिको अन्त्य गर्न, नीजि विद्यालयमा देखिएका समस्या समाधान गर्न, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्न आफू लागि पर्ने बताए । नेशनल प्याब्सनको राष्ट्रिय महाधिवेशन आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुँदैछ ।

प्रतिक्रिया