आइतबार, वैशाख २८, २०८२

‘बि’ डिभिजन लिग : भगवती, सरस्वती र ब्वाईज युनियनको सुखद सुरुआत

नेपालखोज २०७८ फागुन १८ गते २०:३२

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वतीय युथ क्लबले विजयी सुरुआत गरेका छन् । ललितपुर स्थित आजबाट अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन् ।

पहिलो खेलमा भगवती र झम्सीखेल युथ क्लबले पहिलो हाफ १–१ गोलको बराबरी खेलेका थिए । खेलको २४ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा मनकुमार राईले गोल गर्दै झम्सिखेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको भगवतीले बराबरीको अवस्थालाई तोड्दै ५१ औं मिनेटमा रमेश राईको गोलबाट पुन अग्रता लियो । त्यसपछि दबाब दिएर खेलेका भगवतीका मिलन खड्काले ६३औं मिनेटमा गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन ।र, बी डिभिजन लिगमा सुखद सुरुआत गर्न सफल भयो । जितसँगै श्री भगवतीले लिग तालिकामा स्पष्ट ३ अंक जोड्दा झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ ।

बी डिभिजन लिग अन्तर्गत आजकै अर्को खेलमा पनि समान ३–१ को नतिजा निकाल्दा सरस्वती युथ क्लबले सुरुआती एक गोलको अग्रता उल्टाएर बाँसबारीविरुद्ध रोमाञ्चक जित निकाल्यो । बाँसबारीले छैटौं मिनेटमा बिक्की राईको गोलबाट बाँसबारीले लिएको अग्रतालाई उल्टाउन सफल भएको हो । सुरुआतमा गोल खाए पनि सम्हालिएको खेल देखाएको सरस्वतीले २१औं मिनेटमा बिक्रम बिसुङ्खेको गोलबाट खेल बराबरीको अवस्थामा आएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा ८७ औं मिनेटमा सृजल लामाले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता उल्टाएका थिए । त्यसपछि पछि परेको अवस्थामा खेलमा फर्किन संघर्ष गरेको बाँसबारी काउन्टरमा अगाडि बढेको मौकामा सरस्वतीले गोल थप्यो । इन्जुरी समयमा भुपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३–१ को जित निश्चित गराए । जितसँगै सरस्वतीले बी डिभिजन लिगमा स्पष्ट ३ अंक जोडेको छ भने बाँसबारीले हारबाट लिगको सुरुआत गरेको छ ।

बी डिभिजन लिग अन्तर्गत आजकै तेस्रो खेलमा ब्वाईज युनियनले बिरगञ्ज युनाईटेडलाई १–० ले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरीमा खेलेका थिए । ब्वाईज युनियनका लागि ६४औं मिनेटमा मिलन लिम्बुले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै ब्वाईज युनियनले बी डिभिजन लिगमा सुखद सुरुआत गर्दा बिरगञ्ज युनाईटेडले हारबाट लिग प्रारम्भ गरेको छ ।

लिगमा बिहीबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल चर्च ब्वाईजले टुसाल युथ क्लब, दोस्रो खेल श्री कुमारी क्लब र नयाँबस्ती युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र खुमलटार युथ क्लब युथ क्लबबीच हुनेछ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रतिक्रिया