बिहीबार, जेठ ३, २०८१

नोकियाका तीन किफायती स्मार्टफोन

नेपालखोज २०७८ फागुन १९ गते १३:५३

काठमाडौं । एचएमडी ग्लोबल कम्पनीले MWC-2022 अर्थात् मोबाइल वर्ल्ड कांग्रेसमा आफ्ना तीन नयाँ अफोर्डेबल स्मार्टफोन लन्च गरेको छ । ती स्मार्टफोनमा Nokia C21, Nokia C21 Plus तथा Nokia C2 2nd Edition छन् । यी तीनवटै स्मार्टफोनले Android Go मा काम गर्छन् । यी स्मार्टफोन पहिले युरोपेली बजारमा लन्च हुने बताइएको छ । यसमध्ये Nokia C2 2nd Edition तथा Nokia C21 Plus अप्रिलदेखि बजारमा उपलब्ध हुनेछ भने Nokia C21 को बिक्री मार्चको अन्त्यसम्ममा सुरु हुनेछ ।

Nokia C21 को मूल्य र फिचर
नोकियाले यो फोन युरोपमा ९९ युरोमा बिक्री गर्नेछ । यो फोनले Android 11 (Go Edition) मा काम गर्नेछ जुन Android 11 को लो-भर्सन हो । यो सेटमा Google Apps को लाईट भर्सन उपलब्ध हुनेछ । यसमा Google Go, Gmail Go, YouTube Go तथा Maps Go जस्ता ऐप्स रहनेछन् । यो स्मार्टफोनमा ६.५१ इन्चको एचडी प्लस एलसीडी स्क्रिन दिइएको छ जुन न्याचका साथ रहनेछ । यो फोनमा ५ एमपीको सेल्फी क्यामेरा छ भने रियरमा ८ मेगापिक्सेलक‍ो क्यामेरा छ । यो फोनले octa-core Unisoc SC9863A प्रोसेसरमा काम गर्छ जसमा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहनेछ । यसको स्टोरेज माइक्रो एसडी कार्डको मद्दतले बढाउन सकिन्छ । यसमा ३००० एमएएचको ब्याट्री जडान गरिएको छ भने यो फोनमा रियर फिंगरप्रिन्ट सेन्सरको सुविधासमेत छ ।

Nokia C21 Plus
Nokia C21 Plus को अन्तर्राष्ट्रिय बजार मूल्य ११९ युरो राखिएको छ । Android 11 (Go Edition) मा आधारित यो फोनमा ६.५१ इन्चको HD प्लस स्क्रिन उपलब्ध गराइन्छ । यो फोनमा Unisoc SC9863A प्रोसेसर दिइएको छ जुन ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेजका साथ आउँछ ।

यसको स्टोरेज पनि बढाउन मिल्छ । यो फोनमा रियर फिगंरप्रिन्ट सेन्सरको सुबिधा छ । यो फोनमा १३ एमपी प्लस २ एमपीको डुअल रियर क्यामेरा सेटअप दिइएको छ भने फ्रन्टमा ५ एमपिको सेल्फी क्यामेरा उपलब्ध हुन्छ । यसमा ४००० एमएएचको ब्याट्री जडान गरिएको छ ।

Nokia C2 , 2nd Edition
नोकियाको यो फोन सबैभन्दा कम मूल्यको हो । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७९ युरो पर्छ । यसमा ५.७ इन्चको FWVGA स्क्रिन उपलब्ध हुन्छ । यो फोनले मिडिया टेक प्रोसेसरमा काम गर्छ । यो फोनमा २ जीबी र्याम तथा ३२ जीबी स्टोरेज दिइएको छ । यसमा ५ मेगापिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान भएको छ । यो फोनको ब्याट्री क्षमता २४०० एमएएच छ ।

प्रतिक्रिया