मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो
नेपालखोज
२०७८ असार १७ गते ९:४९
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) आज (बिहीबार) देखि खुलेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यका ३ लाख ८९ हजार कित्ताबापत ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
सम्बन्धित
प्रतिक्रिया