सुन ५ सयले घट्यो, चाँदी ५ रुपैयाँ बढ्यो

नेपालखोज २०७८ फागुन १९ गते १२:३३

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । पाँच सय रुपैयाँ प्रतितोलाका हिसाबले सुनको भाउ घट्दा चाँदी भने प्रतितोला पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सयले घट्दै ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । हिजो (बुधबार) भने चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया