घरजग्गा व्यवसायीले भने- घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नै छैन

नेपालखोज २०७८ फागुन १९ गते १४:३१

काठमाडौं । घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताएका छन् । घरजग्गा व्यवसायीहरुले घरजग्गाको पल्टिङ भन्दा केही घरजग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् ।

घरजग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन् । व्यवसायीहरुले सरकारको नीतिगत कमजोरीको कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको व्यवसायीहरुको आरोप छ ।

नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको जनाएका छन् । वाग्लेले बिहिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताएका हुन् । उनले सरकारसँग स्पष्ट नीति नभएको कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताए ।

सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष वाग्लेको भनाइ छ । उनले नीजि क्षेत्रलाई योजना बनाउन दिएर काम गर्न दिए घरजग्गाको मूल्यवृद्धि २० प्रतिशत भन्दा नजाने दावी गरेका छन् । घरजग्गा कारोबार कुनै जानकारी नभएकाले पनि गर्न थालेकाले अव्यवस्थित रुपमा हुने पल्टिङ रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नु पर्ने उनको भनाइ छ ।

अध्यक्ष वाग्लेले पछिल्लो समय घरजग्गा कारोबार नियमन गर्ने निकायले इर्षा गरेर घरजग्गा कारोबार विस्तापित गर्न खोजेको आरोप लगाएका छन् । उनले नाफा धेरै कमाएको देखेर सरकारको नियमनकारी निकायको नै आँखा लाग्न थालेको जनाए ।

अध्यक्ष वाग्लेले घरजग्गा कारोबारलाई विस्तापित गर्ने दृष्टिकोणले हेरेको वाग्लेले उल्लेख गरेका छन् ।त्यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि डुब्ने बताए । अध्यक्ष वाग्लेले बैंकहरु आफैंले ८ प्रतिशतमा झरेको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पु¥याउदा व्यवसायीलाई समस्या भएको उल्लेख गरे ।

बैंकहरु पछिल्लो समय नाफा कमाउन मात्रै काम गर्न लागेको आरोप अध्यक्ष वाग्लेको छ । बैंकहरुले वार्षिक रुपमा पाँच अर्ब नाफा गरेर व्यवसायी मार्ने काम गरेको अध्यक्ष वाग्लेको गुनासो छ । उनले घरजग्गा व्यवसायीहरुले पनि धेरै नाफा कमाए भन्ने होला तर व्यवसायीहरुले आफ्नो सम्पत्ति मात्रै धानेर बसेको जनाएका छन् ।

प्रतिक्रिया