रुसी सेनाले गर्यो दक्षिणी युक्रेनको खेरसन शहर कब्जा !

काठमाडौं । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्युयोर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
शहर घेरिएको खेरसनका मेयर इगोर कोलिखाएभले जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने, ‘दक्षिणी क्षेत्रिय राजधानी स्थिति रूसी सेनाले शहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको छ । क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको ३ लाख मानिसहरूको बसोबास रहेको शहर खेरसनको पतन महत्त्वपूर्ण छ, किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछन्।’
आजसम्म युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ। संयुक्त राष्ट्रसंघले २२७ नागरिक मारिएको बताएको छ । एनवाइटिका अनुसार, युक्रेन सरकारले सुरुमा नागरिकको मृत्युको संख्या २ हजार भन्दा बढी उल्लेख गरेको थियो तर, युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई अनुमानित भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेको र भग्नावशेष हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।
मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो। बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।
प्रतिक्रिया