‘विज्ञापनसम्बन्धी आचारसंहिताले विकृति, विसंगतिलाई अन्त्य गर्छ’

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको बताएका छन् । आज विभिन्न सञ्चारमाध्यमसँगको छलफल पछि अध्यक्ष हुमागाँईले यस्तो बताएका हुन् ।
उनले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताए । अध्यक्ष हुमागाँईले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताए । उनले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताए ।
अध्यक्ष हुमागाँईले केही सञ्चार माध्यमहरुले आफू स्वनियममा बस्छु भने पनि आफूखुशी विज्ञापनका दररेटहरु कायम गर्ने गरेको बताउ । उनले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चार माध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक पक्षको मात्रै सहभागिताले सफल नहुने बताए ।
प्रतिक्रिया