मंगलबार, जेठ १५, २०८१

पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा, हिमाली भू- भागमा सामान्य हिमपातको सम्भावना

नेपालखोज २०७८ फागुन २० गते ६:२०

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन्। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भइ अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

भने पहाडी भू-भागका केही स्थानहरूमा भने मेघगर्जन/चट्टयाङ हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, आज राती देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भइ अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, भोलि दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भइ अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ भने राती पनि देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भइ अन्य भू-भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

यो समयमा देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया