शनिबार, जेठ ४, २०८२

बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना सङ्क्रमण

नेपालखोज २०७७ असार २८ गते ७:२३

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

बच्चनले ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे जानकारी दिएका छन् । उनका छोरा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले पनि  ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

अहिले उनीहरुका परिवारका अरु सदस्यकोसमेत कोरोना परीक्षण भइरहेको छ ।

प्रतिक्रिया