मतदाता नामावलीमा आजदेखि दाबी-विरोध सुरु
नेपालखोज
२०७८ फागुन २० गते १०:२९

कमाठमाडौं । मतदाता नामावलीमा आज (शुक्रबार)देखि दाबी–विरोध सुरु भएको छ । आगामी ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता नामावलीमा दाबीविरोध सुरु भएको हो ।
मतदाता नामावलीको अन्तिम टुंगो लगाउन आयोगले आज (शुक्रबार) देखि २६ फागुन गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन पाउने व्यवस्था गरेको छ ।
यस्तै कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने समयावधि दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया