आइतबार, जेठ ६, २०८१

माओवादीको केन्द्रीय कमिटी बैठक सुरु, नारायणकाजीले पार्टी छाड्लान् त ?

नेपालखोज २०७८ फागुन २० गते १३:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा अहिले प्रचण्डले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्।

तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने बताइएको छ । तर, पछिल्लो समय संसद्बाट एमसीसी व्याख्यात्मक घोषणासँगै पास भएकोले यो विषयमा केन्द्रीय कमिटीको बैठकमा कुरा उठ्ने बताइएको छ।

नेता नारायणकाजी श्रेष्ठ पक्षले लिखित रुपमा फरक मत पेस गर्ने बुझिएको छ ।

प्रतिक्रिया