ग्रामीण स्तरसम्म पुँजी बजारलाई विस्तार गर्न नयाँ सफ्टवेयर बनाउने नेप्सेको तयारी

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो ।
अन्तक्र्रिया कार्यक्रमा बोल्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढेको बताए । उनले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोल्नेको संख्या बढेको उल्लेख गरे ।
डिम्याट खाता खोल्नेको संख्या अहिले ५० लाख १९ हजार ८२६ पुगेको सिइओ आचार्यले जानकारी दिए । आचार्यले डिम्याट खातासँगै मेरो सेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको बताए । उनले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताए।
त्यस्तै कार्यक्रमा बोल्दै नेपाल स्टक एकसचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले नेपाली पुँजीबजारको आवश्यकताअनुसार नयाँ स्टक एकचेञ्ज आउनु पर्ने बताए । उनले यस अगाडि आफूले तत्काल नयाँ-नयाँ स्टक एकचेञ्ज ल्याउन पहल गर्छ नभनेको स्पष्ट पारे । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने तथा नेप्से त्यहीअनुसार लाग्नु पर्ने र त्यस्तो गर्न नसके अन्य विकल्प खोज्नु पर्ने देखिएको उनले बताए ।
उनले सरकारले स्वीकृति दिए नेप्सेले स्वीकृतिअनुसार साधरण सेयर आइपिओ जारी गर्ने उल्लेख गरे । अहिले नेपाली पुँजीबजार सुधार गर्नको लागि भएका नीति तथा कानुनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले नेप्सेले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको आचार्यले बताए । आचार्यले नेप्सेलाई टेक्नोलोजिक हिसावले बलियो बनाएर लगानीकर्तालाई थप सहज बनाउन नेप्सेले तयारी गरिरहेको उल्लेख गरे ।
पछिल्लो समय सेयर बजारप्रति आम सर्वसाधारणहरूको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएकाले नेपाली पुँजीमा पनि वृद्धि हुँदै गएको छ । नेप्सेले ग्रामिण स्तरसम्म पुँजी बजारलाई विस्तार गर्न नयाँ सफ्टवयरहरु निर्माण गरेर कारोबारको लागि सहज बनाउने भएको छ ।

प्रतिक्रिया