अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको निधन
नेपालखोज
२०७८ फागुन २० गते २२:१७

काठमाडौं । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर सेन वार्नको निधन भएको छ । हृदयघातका कारण वार्नको ५२ वर्षको उमेरमा शुक्रबार थाइल्याण्डमा निधन भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।
सम्बन्धित
प्रतिक्रिया