‘पहाडी भू-भागमा आंशिक बदली, अन्य भू-भागमा मौसम सफा’

नेपालखोज २०७८ फागुन २१ गते ६:१९

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यत: सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन ।

आज (शनिबार) दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । राति भने पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सफा रहने महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

यसैगरी भोलि (आइतबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ भने राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी पर्सि (सोमबार) दिउँसो देशभर अंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने पहाडी भू-भागमा अंशिक बदली तथा बाँकि भू-भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया