पाटन क्षेत्रका ढुंगेधारा संरक्षण अभावमा लोप हुँदै (फोटोफिचर)
नेपालखोज
२०७८ फागुन २१ गते १२:५७

काठमाडौं । ढुंगेधारालाई काठमाडौं उपत्यकाको पहिचानको रूपमा चिनिन्छ । केहि वर्ष अघिसम्म पानी बग्ने ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् । कतै ढुंगेधारा परिसर फोहर फाल्ने स्थान भएका छन् । काठमाडौं क्षेत्रका एक–दुई स्थान बाहेक ढुंगेधारा हराइसकेका छन् ।

भक्तपुरमा संरक्षणको अभियान नै थालिएको छ । यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् । ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा ढुंगेधारा पनि सुक्न थालेका छन् ।

बढ्दो सहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयवासिन्दा बताउँछन् । ढुंगेधाराहरू पानी नबग्दा कुरुप बन्दै गएका छन् ।










सम्बन्धित
प्रतिक्रिया