बिहीबार, वैशाख २०, २०८१

सभ्यताभन्दा ठूलो पहिचान अरू नभएकाले प्रदेश-१ को नाम कोसी : केपी ओली

नेपालखोज २०७८ फागुन २१ गते १३:११

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्नुपर्ने बताएका छन् । गृहजिल्ला झापा पुगेका ओलीले विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश १ को नामबारे मुख खोलेका हुन् ।

प्रदेश १ को नाम किरात प्रदेश, सगरमाथा प्रदेश राख्नुपर्ने भनेर विभिन्न राजनीति दल, संघसंस्थाले भनिरहेकाे समयमा ओलीले कोशी राख्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले कोशी सबैको पहिचान भएकाले नाम कोसी राख्न भनेका छन् ।

ओलीले एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् । उनले पहिचान र सभ्यतासँग जोडेर प्रदेश १ को नाम राखिनुपर्ने स्पष्ट पारे । उनले भने, ‘प्रदेश-१ को नाम कोशी हुनुपर्छ । कोशी सभ्यताभन्दा ठुलो पहिचान अरू हुँदैन् ।’

एमालेको उपस्थितमा मात्र प्रदेश १ को नामाकरण हुने अवस्था छ । प्रदेश सभामा एमाले सबैभन्दा ठुलो दल हो । यसअघि नेकपा हुँदा प्रदेशको मुख्यमन्त्री एमालेका शेरधन राई र भीम आचार्य थिए । तर, अहिले प्रदेशको नेतृत्व एमालेबाट नै फुटेर गएको दल एकीकृत साजवादीका नेता राजेन्द्र राईका काँधमा छ ।

प्रतिक्रिया