शैलुङमा आन्तरिक पर्यटकको घुइँचो ! (तस्बिरसहित)

दोलखा । वाग्मति प्रदेश अन्तरगत दोलखा जिल्लामा अवस्थित पर्यटकीय स्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो लागेकोछ । कोरोना भाइरस संक्रमणदर कम हुँदै गएपछि शैलुङमा हिउँ खेल्न तथा रमाइलो गर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।
शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ। यो ठाउँ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थान दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ।

शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ, जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारवर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ।
साथै शैलुङ डाँडा यस अर्थमा पनि प्रख्यात छ की, जुन डाँडा १०० वटा अग्ला र होचा हेर्न लायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर बनेको छ।
तस्बिर : रासस
प्रतिक्रिया