राई भन्छिन्- सामाजिक सन्जालको बहसले लाखौं पल जन्माउँदै, गायिकाको जीवनरक्षा कसले गर्ने ?

नेपालखोज २०७८ फागुन २१ गते १८:११

काठमाडौं । चलचित्र निर्माता एवं मानव अधिकारकर्मी यशोदा राई तुम्वाहाम्फेले नायक पल शाह र यौन दुव्र्यवहारमा परेकी गायिकाका विषयमा सामाजिक सन्जालमा बहश नगर्न आग्रह गरेकी छन् ।

पछिल्लो समय नायक शाहविरुद्ध लागेको गम्भीर प्रकृतिको बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको विषयमा सामाजिक सन्जालमा बहस चुलिएको प्रति उनले ध्यानाकर्षण भएको बताइन् । नेपालको कला, संस्कृति र चलचित्र उद्योगलाई नै प्रभावित पार्ने गरि भएका पक्षविपक्षको बहसले अझै पनि समाजमा नारीमाथि हेर्ने दृष्टीकोणलाई प्रष्ट बनाएको उनको भनाई छ ।

आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत धारणा राख्दै अधिकारकर्मी राईले नायक शाहलाई हदैसम्मको कारबाहीको माग गरिन् । सामाजिक सन्जालमा चलेको बहशले नाबालिकामाथि ठुलो असर पर्ने भन्दै यस्ता तर्क गर्न बन्द गर्नुपर्ने उनको भनाई छ । दोषीमाथि कारबाही गर्ने कानुन हुँदाहुँदै सामाजिक सन्जालमा बहस गर्नु जायज नभएको उनको तर्क छ ।

उनले सामाजिक सन्जालमा लेखेकी छन्- नाबालिका गायकामाथि बाल करणी गरेको आरोप लागेका पल शाहको पक्षमा बहस गर्नेहरु देख्दा घृणा लाग्छ । पल शाह वास्तवमै दोषी हो, के सहि । के गलत निर्णय गर्न नसक्ने बालिकालाई प्रलोभनमा पारी करणी गरि शारीरिक र मानसिकरुपमा विक्षिप्त बनाउने शाह जस्तो जघन्य अपराधीलाई हदैसम्मको सजाय हुनु पर्छ । कोहि पनि लोकप्रिय हुँदैमा अपराध गर्ने छुट कानुनले दिँदैन, एक पल शाहलाई छुट दिनु भनेको लाखौं पल शाह उत्पत्ति हुनु हो र समाजका लाखौ नाबालिकाहरु असुरक्षित हुनु हो ।

अभिनेता शाह बाल यौन दुव्र्यवहारको मुद्धामा अहिले तनँहु प्रहरीको हिरासदमा छन् । अहिले उनको पक्षविपक्षमा सामाजिक संजालमा बहस जारी छ । यसैबीच उनले पछिल्लो समय जारी बहसको पक्षविपक्षमा प्रेस काउन्सिलको विज्ञप्ती प्रति स्वागत गरिन् । अनावश्यक बहसका कारण गायिकामाथि मानसिक असर परेको भन्दै उनको रक्षाका लागि सबै नारी एक हुन आग्रह गरिन् ।

प्रतिक्रिया