अरूलाई होच्याउँदा किन खुसी मिल्छ ?
हाइलाइट्स :
-कतिपय व्यक्तिहरू अरूलाई होच्याउँदा आफू खुसी भएको अनुभव गर्छन् किनभने मान्छे आफूभन्दा अरू ठूलो भएको हेर्न चाहँदैन । मान्छेको अहंकार हुन्छ मै ठूलो बनिरहुँ अरू मभन्दा सानो हुन्न भन्ने देखाउन चाहन्छ । अब मभन्दा त्यो सानो छ भन्नलाई त्यसलाई त होच्याउनु त पर्यो ।
-आफू ठूलो हुनलाई राम्रो काम गर्नुपर्छ भन्नेतिर मान्छेको ध्यान छैन । आफू ठूलो हुनलाई अर्कोलाई सानो बनाउनुपर्छ भन्नेतिर मात्रै ध्यान छ । त्यसैले नै मानिसहरूमा अरूलाई होच्याउनुपर्छ भन्ने प्रवृत्ति या मनोवृत्ति त्यहाँबाटै प्रकट हुन्छ ।
-हरेक व्यक्ति आफूलाई उच्च बनाउन चाहन्छ त्यो स्वभाव सबैमा हुन्छ । त्यसकारण यसबाट बच्न एउटै मात्रै उपाय छ म माथि उठेछु तर अरूलाई दबाएर होइन अरू पनि उठून् म पनि साथ–साथमा माथि जान्छु । म अरूभन्दा राम्रो बन्छु मिहिनेत गरेर बन्छु काम गरेर बन्छु भन्ने सोचाइ राखे माथि अवश्य पुगिन्छ ।
-अरूलाई होच्याएर आफू माथि पुग्छु भन्नु त भ्रम मात्रै हो ।
प्रतिक्रिया