अपकमिङ १० इलेक्ट्रिक भेइकल्स

काठमाडौं । अहिले इलेक्ट्रिक भेइकल्सको माग र उत्पादन दुवैमा लगातार वृद्धि भइरहेको छ । पहिलेको तुलनामा उपभोक्ताको रुचि एवं चाहना पनि इलेक्ट्रिक वाहनतर्फ मोडिएको पाइन्छ । यिनै कारणले इलेक्ट्रिक वाहन लन्च गर्ने होड बढेर गएको छ । आउने दिनहरुमा अटोमोबाइल बजारमा थुप्रै नयाँ इलेक्ट्रिक कार देखा पर्दै छन् र तिनका बीचको प्रतिस्पर्धा पनि चर्को हुँदै छ । बजारमा आउन लागेका केही ईभी (इलेक्ट्रिक भेइकल्स) का बारेमा जानकारी लिऔं :
-एमजी जेड एस ईभी
-भल्वो एक्ससी ४० रिचार्ज
-टाटा नेक्सोन ईभी
-महिन्द्रा एक्सयूभी ३०० इलेक्ट्रिक
-एमजी इलेक्ट्रिक क्रसओभर
-न्यु हुन्डाई स्मल ईभी
-हुन्डाई कोना ईभी फेसलिफ्ट
-न्यु टाटा कुप एसयूभी
-टाटा पन्च ईभी
-महिन्द्रा ई-केयूभी १००
यी १० वटा इलेक्ट्रिक कार आगामी २ वर्षभित्रमा सडकमा देखा परिसक्नेछन् । तेलको बढ्दो मूल्यका कारण पनि यी गाडीको सम्भावना उच्च छ । यसका साथै भारतमा इलेक्ट्रिक भेइकलको उत्पादन मूल्य घटाउन सरकारी स्तरमै प्रयास भइरहेको छ ।
यसका साथै एकपटकको फुलचार्जमा बढी माइलेज दिने गाडीको उत्पादनमा पनि गाडी निर्माताहरुको ध्यान केन्द्रित भएको पाइन्छ । राम्रो फिचर्स तथा लामो रेन्जका ईभी उत्पादन हुन सके ईभीको बजार अझ राम्रोसँग अगाडि बढने सम्बद्ध कारोबारीहरुको ठम्याइ छ । बढ्दो प्रदूषणका कारण पनि आउने दिन इलेक्ट्रिक भेइकल्सकै हुने सहजै अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया