शुक्रबार, जेठ ११, २०८१

प्रतिनिधिसभा बैठक बस्दै

संसदको अवरोध हटाउनेबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने

नेपालखोज २०७८ फागुन २२ गते ७:४६

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवायलले शनिबार सार्वजनिक गरेको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। परामर्श समितिको बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यही बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुने बताईएको छ ।

एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया