पूर्वराजाको सक्रियता बढ्यो, के सन्देश दिन खोज्दै छन् ? (फोटो फिचर)

नेपालखोज २०७८ फागुन २२ गते ११:२५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा पुग्न थालेका छन् । पूर्वराजाले एकाएक सक्रियता बढाएका हुन् ।

प्रजातन्त्र दिवसका दिन जनताको नाममा विज्ञप्ति जारी गर्दा उनको सक्रियताले चर्चा पायाे । चर्चा किन पनि पायो भने उनले विज्ञप्तिमा व्यवस्था खतरामा परेको उल्लेख गरे । उनले जनतको समस्या समाधानका निम्ति वर्तमान नेतृत्व जिम्मेवार नभएको आराेप लगाए ।

महाशिवारात्रीका दिन उनी पाशुपत क्षेत्र पुगे । त्यहाँ राजा आउँ देश बचाउँ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ लगायतका नारा लागे । उनी पशुपतिमा दर्शन गर्न आएका थिए । उनले त्यहाँ जनताको माया र सदभाव पाए ।

शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लब लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगे । त्यहाँ उनले करिब डेढ घण्टा समय विताए । त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लामै समय लाग्यो । राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्ने मात्र गरेका छन्

वर्तमान व्यवस्था ओरालो लाग्नु र पूर्वराजाको सक्रियता बढ्नुले राजनीतिक अर्थ राख्ने एक राजनीति विश्लेषक बताउँछन् । उनले नेताहरुलाई पूर्वराजाले जनतको पक्षमा काम गर्न नभए सत्ता छाड्न अघोषित घोषणा गरेको बताउँछन् । जनताले चाँहे राजा त बाहिरिपर्‍यो तिमीहरु के चिज हों भनेर राजाले सन्देश दिन खोजेको उनी बताउँछन् ।

तस्बीर : त्रिसरा लाउन्जको फेसबुक वालबाट

प्रतिक्रिया