राप्रपा पूर्व महामन्त्री गणेश शेरचनको निधन
नेपालखोज
२०७८ फागुन २२ गते ११:५५

काठमाडाैं । राप्रपा पूर्व महामन्त्री गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा निधन भएको हो ।
धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको बताइएको छ । तत्कालीन राप्रपा नेपालका उनी महामन्त्री हुन् । उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले शेरचनको निधनको समाचारले स्तब्ध र दुःखी बनाएको बताए । उनले भने, ‘पूर्व मन्त्री राप्रपाका नेता, तात्कालीन राप्रपा नेपालका महामन्त्री गणेश शेरचनको निधनको समाचारले स्तब्ध र दुःखी छु । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना । ’
सम्बन्धित

प्रतिक्रिया