एमसीसीले विभाजनको डिलमा पुगेको नेकपा एसले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचन र एमसीसीबारे असन्तुष्ट पक्षसँग छलफल गर्न बैठक बोलाइएको हो ।
विविध समसामयिक एवं सांगठानिक विषयमा समेत छलफल हुने समाजवादीले जनाएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्ने तयारी छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने छ ।
आगामी बैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि अन्य दलसँग गर्ने तालमेल लगायतका विषयमा पनि केन्द्रीय कमिटी बैठकले रणनीति बनाउने बताइएको छ । पार्टीका असन्तुष्ट पक्षलाई मनाएर अघि बढ्ने रणनीति समाजवादीले बनाएको हो । एमसीसी अनुमोदन हुँदा विपक्षमा उभिएका नेतालाई मनाउने तयारी समाजवादीको छ ।
पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार बस्ने छ । केन्द्रीय कमिटी फागुन २५ र २६ गते बस्नेगरी बोलाइएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया