आईसीसी महिला विश्वकप- भारतसँग पाकिस्तान १०८ रनले पराजित

काठमाडाैं । आईसीसी महिला एक दिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । न्यूजिल्यण्डमा जारी प्रतियोगिताअन्तर्गत पाकिस्तानलाई १०८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भारतले दिएको २४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा सवै विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो ।पाकिस्तानका लागि सिद्र अमिनले सर्वाधिक ३० रन बनाउँदा डियना वेगले २४ रन बनाइन् । यसैगरी फातिमा सानाले १७ रनको पारि खेल्दा विस्मा मारुफले १२ रन मात्रै जाडेकी थिइन् ।
भारतका लागि राजेश्वरी गायकवाडले सर्वाधिक ४ विकेट लिँदा झुलन गोस्वामी र स्नेह राणाले दुई-दुई विकेट लिए । यसैगरी मेघना सिंह र दिप्ती शर्माले एक एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनायो । भारतका लागि ३ जना खेलाडीले अर्धशतकीय पारि खेले । पूजा भ्रष्टाकारले सर्वाधिक ६७ रन बनाउँदा स्नेह राणाले ५३ तथा स्मृति मन्धनाले ५२ रनको योगदान गरिन् । यसैगरी दिप्ती शर्माले ४० रन जोडिन् ।
पाकिस्तानका लागि नसरा सन्धु र निदा दारले दुई दुई विकेट लिए ।
प्रतिक्रिया