बिहीबार, जेठ ३, २०८१

नेपाली बजारमा ओपो ए ७६ सार्वजनिकको तयारी

ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जित

नेपालखोज २०७८ फागुन २२ गते १६:११

काठमाडौं । वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन, ओपो ए–७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपो ए ७६ मा ओपोले आफ्नोे स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको छ ।

ओपो ए ७६ मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इन्चको पन्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ । प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध हुने जानकारी दिइएको छ ।

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए ७६ मा कुनै सम्झौता गरिएको छैन । ट्रेन्डी डिजाइनसहितको यो फोनमार्फत सक्रिय अवस्थामा अमूल्य पलहरूलाई तस्बिरमा कैद गर्ने कार्यमा सहजतार्थ उच्च कोटीका एआई सक्षम क्यामेराहरू पनि दिइएको छ । यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको पाँच हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ताबिना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ,’ ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन शेनले भने ।

प्रतिक्रिया