बिहीबार, जेठ ३, २०८१

युक्रेनमा अर्बपति एलन मस्कको नि:शुल्क इन्टरनेट सेवा

नेपालखोज २०७८ फागुन १५ गते १८:३७

काठमाडौं । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि त्यहाँ सम्पर्क गर्न कठिन भएको थियो । सम्पर्क गर्न कठिनाइ भएपछि विश्वका धनाड्य व्यक्ति एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराएका छन् ।

युक्रेनका विभिन्न सहरमा आक्रमणका कारण सम्पर्क विच्छेद भएका कारण मस्कले सेवा उपलब्ध गराए । रुसी आक्रमणबाट युक्रेनको इन्टरनेट सेवामा क्षति पुगेपछि मस्कले स्टारलिंकको इन्टरनेट सेवा दिन थालेका हुन् । स्टारलिंक सेवा युक्रेनमा सक्रिय भएको र थप टर्मिनल पठाउने तयारी भइरहेको मस्कले सामाजिक सन्जालमार्फत जानकारी दिए ।

No description available.

युक्रेन सरकारका उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले ट्वीटरमार्फत मस्कलाई मेन्सन गरेर इन्टरनेट सेवा उपलब्ध गराउन आग्रह गरेको केही घण्टामै मस्कले इन्टरनेट एक्टिभ भएको भन्दै रिप्लाई दिएका हुन् । यो प्रविधिबाट कम्पनीले फाइबर अप्टिक, केबल वा टावरविना स्याटेलाइटबाटै इन्टरनेट सेवा उपलब्ध गराएको छ । रूसी आक्रमणबाट विशेष गरी युक्रेनको दक्षिणी र पूर्वी भागमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया