अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा आएको छैन

नेपालखोज २०७८ फागुन २२ गते २१:४४

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताए ।

संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताए । सर्वोच्च अदालतले पनि संसद् पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए । मन्त्री बडुले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे ।

मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्‍याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताए ।

उनले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लिइलेक्शनको कुरा उठाइएको पनि बताए । उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानुन र अभ्यास बमोजिम अगाडी बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया